Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार राताम्मे, पाँच अर्ब आठ करोडको कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज २८६ वटा कम्पनीका एक करोड १३ लाख कित्ता सेयर काराेबार भएका छन् । जसमा पाँच अर्ब आठ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्सयोरेन्सको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

आज १३ वटै समूहगत परिसूचक घटेका छन् । आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077