Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार

नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ ।

जंगलमा बाख्रा चराउन गएका छमध्ये चारजनाको उद्धार भएको र थप दुईजनाको उद्धार गर्न लागिएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको थियो ।

उनीहरू सबैजना बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का बासिन्दा हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत व्यक्ति छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077