Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • दलित भन्दै कोठाबाट निकाल्ने घरधनी प्रहरी खोरमा

    दलित भन्दै कोठाबाट निकाल्ने घरधनी प्रहरी खोरमा

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा एक घरधनीले दलित भन्दै कोठाबाट निकालेपछि ती घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका–१७ का घरधनी ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ ।



    पोखरेलको घरमा बस्दै आएका अछामको पञ्चलदेवल विनायक नगरपालिका–७, पुल्तोलाका महेन्द्र विक र हुम्लाको अदानचुली गाउँपालिका–३ का अंगराज नेपालीलाई घर निकाला गरिएको प्रहरीले जनाएको छ ।



    शुक्रबार साँझ घरधनीले त्यस्तो व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार