Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय ट्रकसहित दुई सय ६२ किलो अवैध लागूऔषध गाजा बरामद

बारा। बारा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको हो ।

दुई सय ६२ किलो अवैध लागूऔषध गाजा सहित जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरबाट बिआर २५ जिए १४५८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077