Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुटपिट गरी काका र बुबाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । भक्तपुरमा आफ्नै काकाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका(९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापति रहेका छन् ।

उनले ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेमा थिए । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।

उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका-२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट पश्चात् फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077