Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेश गरेका हुन् । गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन विधेयक राष्ट्रियसभामा पेश गर्नुपरेको बताए ।

यसैगरी विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री अशोक राईले पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077