Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले भने- सर्वदलीय सरकारका लागि तयार छु, तपाईंहरुले विश्वासको मत दिनैपर्छ

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् ।

बिहिवार जारी प्रदेशसभामा विश्वासको मत माग्दै कार्कीले आफू ६ महिना कतै नचुकेको उल्लेख गर्दै विश्वासको मत दिनैपर्ने बताए ।

कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताए।

कार्कीले प्रदेश सभामा भने, 'अहिलेको गणितलाई तपाईंहरु सबैले बुझ्नु भएको छ। म फेरि पनि भन्छु फेरि पनि अर्को सरकार बन्ने अवस्था आउन सक्दैन। मैले त देख्दिन त्यो सम्भावना। देख्दै देख्दिनँ ।’

आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077