Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्रका आइजिपीबीच शिष्टाचार भेट

काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटघाटको क्रममा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपालबीचको सहकार्य र समन्वयलाई आगामी दिनहरुमा अझ बढि प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

सो क्रममा उपमहासचिव ल्याक्रोइक्सले शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनी रहेर मानवअधिकार तथा मानवीय कानुनको पूर्ण पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्धका साथ परिचालित रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077