Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् । वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ भने चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077