Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्धामा ४४ वर्ष कैद फैसला तोकिएको फरार थोकर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्तव्य ज्यान मुद्धामा ४४ बर्ष कैद सजाँय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

मकवानपुरको साबिक छतिवन गाउँपालिका हाल हेटौडा उप महानगरपालिका वडा नम्वर १७ का सुर्य बहादुर थोकर लाई लुकीछिपी बसेको अवस्थामा उदयपुरको गाईघाटबाट पक्राउ गरेको हो ।

२०६८सालमा मकवानपुरको छतिवन गाउँविकास समिति दोभान स्थित ठुलीकान्छी बललाई गणेश घ्यावा, चेत बहादुर भोलन र सुर्य बहादुर थोकरले बलको बलत्कार गरी घाँटिमा रेटी हत्या गरेका थिए ।

थोकरलाई जिल्ला अदालत मकवानपुरले २०७८ बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा ४४ बर्ष कैद सजाँय फैसला गरेको थियो । जिल्ला अदालत मकवानपुको आदेशमा प्रतिवादी थोकरलाई कैद भुक्तानको लागि भिमफेदी कारागार पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077