Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवास प्रकरण : पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान गर्दै सीआईबी

    ललिता निवास प्रकरण : पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान गर्दै सीआईबी

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारजनाको बयानको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

    सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै ललिता निवासको जग्गा हिनामिना प्रकरणबारे जानकारी दिएको हो ।सीआईबीले पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ ।



    ललिता निवासको जग्गा हिनामिना प्रकरणबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीमा प्रवक्ता एसएसपी दिनेश आचार्यले पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान अघि बढाउने जानकारी गराएका हुन् ।



    पत्रकार सम्मेलनमा एसएसपी आचार्यले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजना हिरासतमा रहेको जनाउँदै उनीहरुले दिएको बयानका आधारमा अनुसन्धान अघि बढ्ने बताए ।

    सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ। सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो ।

    जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो । पक्राउ पर्ने अन्यमा पूर्वआयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

    पूर्वनिर्वाचन आयुक्त शाहले भक्तपुर मालपोत कार्यालयमा अधिकृतका रूपमा काम गर्दा सुवर्ण शमशेर जबरा र काञ्चन शमशेर जबराका हकवालाहरू सुनीती राणा, रक्म शमशेर जबरा, शैलजा राणा, हेमन शम्शेर जबरा, हाटक शमशेर जबराका नाममा अनधिकृत रूपमा नामसारी गरी सोबापत श्रीमती उर्मिला शाहको नाममा ५ रोपनी २ पैसा २ दाम जग्गा प्राप्त गरेको देखिएको प्रहरीले बताएको छ ।

    त्यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सरकारी जग्गा मर्स्यौटमा बिचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको अभियोगमा उल्लेख छ । अहिले गुरुङ र उनको परिवार तथा निजको शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनि प्रालिसमेतको नाममा २९-१५-३-१-४५ जग्गा कायम रहेको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार