Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सरकार ढल्ने हल्लासँगै जहाज किन्ने तयारी, ठूलो कमिसनको खेल !

काठमाडौं । वर्तमान सरकार ढल्ले हल्लासँगै नेपाल वायुसेवा निगमले हतार हतारमा दुईवटा ट्विनअटर जहाज किन्ने भएको छ । मन्त्रिपरिषद्को ठाडो निर्णयबाट क्यानडाको होमिल्याण्ड कम्पनीसँग निगमले जहाज खरिद गर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक ड्यानका लागि जहाज किन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार क्यानेडियन क्षत्रिय निर्देशक योगेश गर्ग दुई साता अघि नेपाल आएको समयमा गर्ग र अधिकारीबीच जहाजको मूल्यका विषयमा ‘गोप्य’ सहमति भएको छ ।

निगमले सोझै निर्माता कम्पनीसँग जहाज खरिद गर्न नमिल्ने नेपालको खरिद ऐनमा उल्लेख छ । तर पनि अध्यक्ष अधिकारीले मन्त्रिपरिषद्बाट जहाज खरिद गर्ने निर्णय गराउँदै छन् । कार्यकारी अध्यक्ष अधिकारीले प्रधामन्त्री कार्यालयसँग सेटिङ मिलाएर जहाज खरिद गर्न लागेको निगम स्रोतले बतायो ।

सम्भवतः दुई वटा ट्विनअटर जहाज किन्ने प्रस्ताव अध्यक्ष अधिकारीले बिहीबार बस्ने संचालक समितिको बैठकमा लैजाने भएका छन् । यसरी नेपालको खरिद ऐन विपरित निगमले जहाज खरिद गर्ने तयारी गर्नुमा ठूलो चलखेल भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077