Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गबीच शिष्टाचार भेट भएको छ ।

राजदूत टियोङ्ग मन्त्री मोदीलाई भेट्न आज मन्त्रालय पुगेका थिए । सो भेटका क्रममा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको उल्लेख गरे ।

राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रगाढ र सुदृढ बनाउन लागिपर्ने बताए ।

त्यस्तै, राजदूत टियोङ्गले मन्त्री मोदीको आगामी असार २० गतेबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077