Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • बलरा नगरपालिका तत्कालीन जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्धा, १ करोड ३० लाख स्रोत नखुलेको सम्पत्ति

    बलरा नगरपालिका तत्कालीन जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्धा, १ करोड ३० लाख स्रोत नखुलेको सम्पत्ति

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 924
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिका तत्कालीन जनस्वास्थ्य निरीक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

    बलरा नगरपालिका तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।



    मिश्रले सेवा सरकारी सेवा प्रवेश गरेको२०५७/०३/८ देखि मिति २०७८/०७/२६सम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड ३०लाख ४५ हजार ७६० रूपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    मिश्रको वैध आम्दानी १ करोड १३ लाख ४५ हजार८०५रूपैयाँ रहेको तर उनको खर्च २ करोड ४३ लाख ९१ हजार ५६५रुपैयाँ देखिएको छ। अख्तियारले मिश्रविरुद्ध १ करोड ३०लाख ४५ हजार ७६० पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता दाहालका अनुसार मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिदेखि २०७८ कार्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा बराबरको आम्दानीको स्रोत खुलेको पाइएको आयोगले जनाएको छ ।

    जबकि सो अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च देखिन्छ । स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

    आयोगले मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

    मिश्रले अवैध आर्जनको सम्पत्ति पत्नी सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार