काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ ।
गत आइतबार र सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो ।
मेयर शाहले अदालतको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दर्ता गराएकी थिइन् ।
आज न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी १५औँ नम्बरमा तोकिएको छ । समय नपुगेमा आज पनि सुनुवाइ स्थगित हुनसक्छ ।
केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।
Leave a Reply