Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विनानिष्कर्ष सकियो न्याय परिषद् बैठक, न्यायाधीश नियुक्ति हुन सकेन

काठमाडौं । न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ ।

न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।

न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको हो ।

प्रस्तावित न्यायाधीशहरुको विषयमा परिषद्का सदस्यबचि छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077