Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पशुपति विकास कोषका तत्कालिन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड बढी भ्रष्टाचार

    पशुपति विकास कोषका तत्कालिन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड बढी भ्रष्टाचार

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले कोषका तत्कालीन सदस्य सचिव डा.प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    अख्तियारले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ।



    उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

    बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    ढकालको १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । आयतर्फ स्रोत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ तथा खर्चतर्फ ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

    ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अख्तियारका प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार