Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढेको छ।

यो सेसनमा नेप्से ६.२७ अंकले बढेर २१२४.०१ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंकले घटेको छ।

यो समयमा ३६ कम्पनीको २ हजार ३७२ कित्ता सेयर १६ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भयो।

जसमध्ये ३० को मूल्य बढ्यो भने ५ को घटेको छ। बाँकी १ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077