Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री मोदीलाई इजिप्टको सर्वोच्च सम्मान, भन्छन् - विनम्रताका साथ स्वीकार गर्दछु

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल(सिसीले यो सम्मान प्रदान गरेका हुन् । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो।

सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ।

पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ 'अर्डर अफ द नाइल' स्वीकार गर्दछु। म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु। यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो। यसले स्नेह देखाउँछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077