Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाले देउवाजी खुसी हुनुहुन्छ, तर केहीको 'निद हराम' भएको छ : माधव नेपाल

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।

गृहजिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनले बताए ।

अध्यक्ष नेपालले भने,'कांग्रेस सभापति देउवाजी मोर्चा गठनले दुस्खी हुनु भयो भनेर गरिएको प्रचारमा अलिकति पनि सत्यता छैन । मलाई कांग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।'

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलक्षित समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077