Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरका मिटरब्याजी 'डन' पक्राउ, ३० लाख ऋण दिएर साढे १ करोड असुली !

काठमाडौं । ललितपुरबाट एकजना मिटरब्याजी पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जन आइतवार पक्राउ परेका हुन् ।

प्रहरी परिसर ललितपुरका अनुसार एक जना व्यक्तिलाई ३० लाख रुपैयाँ सापट दिएर १ करोड २६ लाख असुलेको आरोपमा महर्जनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर-११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ दिएका थिए ।

सापटी रकम फिर्ता लिँदा भने उनले साँवाभन्दा १ करोड २६ लाख रुपैयाँ बढी लिएको बताइएको छ । उनको घरमा प्रहरीले तलासी लिँदा ७ करोड २९ हजार ७७ हजारको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको प्रहरीले जनाएको छ । ती तमसुक कतिपय वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेको बताइएको छ । प्रहरी परिसर ललितपुरका अनुसार महर्जनले विभिन्न व्यक्तिहरूलाई ठगी गरेको देखिएको छ ।

प्रहरीले उनको कोठाबाट ७ करोड २९ लाख ७७ हजार बराबरको वडा कार्यलयबाट प्रमाणित गएको तमसुक २३ थान र विभिन्न बैंक तथा सहकारीको १ करोड ३४ लाख बराबरको ३२ वटा चेक बरामद गरेको छ । उनलाई प्रहरीले जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077