Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली बिल बनाई ४ लाख बढी भ्रष्टाचार, कृषि विकास कार्यालय प्रमुखसहित चार जनाबिरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले  कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झा,सव–इन्जिनियर भिमबहादुर रोकाय, अदानचुली गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा, फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा कार्कीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले फिल्डमा गर्दै नगरेको कामको झुट्टा बिल भरपाई बनाई ४ लाख ३८ हजार ५ सय ५७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्न तथा व्यावसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानमा अनियमितता भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोही बमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम बिगो जफत र कारवाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077