Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

    जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुनको जलहरी जाँच्न पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

    जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन थालेको हो ।



    पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियारको टोली पशुपति मन्दिर पुगेको छ ।



    अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहेरनरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।

    जलहरी राख्दा अनियमिमता भएको भन्दै संसदमा समेत प्रश्न उठेको थियो । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

    घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली पशुपति मन्दिर पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार