Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र हर्कको सर्वाधिक चर्चापछि बन्ने भयो फिल्म ‘मेयर साहेव’

काठमाडौं । पछिल्लो समय देशका दुई मेयर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सर्वाधिक चर्चाबीच फिल्म बन्ने भएको छ ।

मेयरद्धय शाह र साम्पाङको चर्चापछि निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ बनाउने भएका हुन् ।

फिल्म भने मेयरको जीवनमा आधारित नभएर उनीहरुले गरेको कामलाई नै पर्दामा उतार्ने तयारी भैरहेको बताईएको छ ।

आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने गरि कलाकारहरुको छनोटको भैरहेको छ ।

राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैरहेको छ । फिल्ममा विनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077