Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी विदेश मन्त्रालयले भन्यो – देश राष्ट्रपति पुटिनको साथमा छ

एजेन्सी । निजी सैन्य दस्ता वाग्नर ग्रूपले विद्रोह गरेपछि रुसी विदेश मन्त्रालयले मुख खोलेको छ ।

मन्त्रालयका तर्फबाट सार्वजनिक बयानमा देशको समाज सशस्त्र विद्रोहलाई पूरै खारेज गर्दै राष्ट्रपति भ्यादिमिर पुटिनको साथमा रहेको उल्लेख गरिएको हो ।

‘हामी पश्चिमा देशहरूलाई चेतावनी दिन चाहन्छौं कि रुसविरुद्ध आफ्नो उद्देश्य पूरा गर्न घरेलु स्थितिको फाइदा उठाउने कोसिस नहोस्, यस किसिमका प्रयास सफल हुने छैनन् । यस्ता गतिविधिलाई न त रुसको देशभित्र समर्थन मिल्नेछ, न त बाह्य राजनीतिक शक्तिले नै मान्यता दिनेछन्,’ बयानमा उल्लेख छ ।

रुस–युक्रेन युद्ध चलिरहेका बेला रुस आन्तरिक समस्यामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077