Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा बस र ट्रक एकापसमा ठोकिँदा १९ जना घाइते

कैलाली । कैलालीको पहलमानपुरमा सवारी दुर्घटना हुँदा बस र ट्रकमा सवार १६ सहित १९ जना जना घाइते भएका छन् ।

आज दिउँसो २ बजेर २० मिनेटमा जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको (मदिराको लोड गाडी) सुदूरपश्चिम प्रदेश ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

घाइतेहरुको उद्धार र उपचारका लागि प्रहरी चौकी पहलमानपुरबाट पाँच जना र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्रबिर बिश्वकर्माको कमाण्डमा १० जना प्रहरी टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077