Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ : रवि लामिछाने

    राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिमा आएपछि गाली र ताली दुवै सहनुपर्ने बताएका छन्।

    रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले कार्यकर्ता र समर्थकहरु सामाजिक सञ्जालमा असहिष्णु भएर गालिगलौजमा उत्रिएको आरोप लागेको भन्दै संयमत अपनाउन आग्रह गरे। लामिछानेले सु संस्कृत राजनीति अगाडि बढाउनुपर्ने बताए।



    उनले भने, ‘हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’

    उनले इमानमा रहुञ्जेलसम्म नेतालाई बचाउनुपर्ने भएपनि इमान गुमाएको दिन बचाउनु नपर्ने स्प्ष्ट पारे। उनले तर्कमा रहेर मुद्दामा बहस गरेपनि अमर्यादित भएपनि गालि गलौचमा उत्रनुनहुने धारणा राखे।

    उनले आफ्ना नेताको समर्थनमा अरुलाई आलोचना गर्दा तल्लो तहमा गएर टिप्पणी नगर्नसमेत आग्रह गरे। उनले विपक्ष दलका नेताहरुले राम्रो काम गर्दा समर्थन गर्न सकिने भएकाले राम्रो गर्ने नेतृत्वको विरोध नगर्न आग्रह गरे।

    लामिछानेले निष्ठाका साथ काम गर्दा २०८४ मा रास्वपा पहिलो पार्टी बन्ने दाबी गरे। उनले रास्वपाका समर्थक नमूना बन्नुपर्ने धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार