Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करको दर हेरफेर गर्दा कसैको मुख नहेरेको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले इसतो बताएका हुन् ।

उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए । उनले ले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताए ।

करको दरका सम्बन्धमा आफूले कसैको पक्ष, विपक्षमा नभई अर्थतन्त्रलाई सही गति दिनेगरी तय गरेको उनले दाबी गरे ।

‘करका कुरामा कसैको मुख हेरेको छैन, जसले मुख हेरोस् भनेर अपेक्षा गर्नुभएको थियो, उहााहरु बेखुस हुनुभएको होला’ उनले भने ‘समग्र अर्थतन्त्रलाई नै हेरेर हामीले बजेट बनाएका हौं ।’

उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान हुने पनि दाबी गरे। मौद्रिक नीतिले पनि अर्थतन्त्रमा थप सुधार ल्याउने अपेक्षा रहेको अर्थमन्त्री महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077