Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संसदमा अमरेशकुमार सिंहको प्रश्न - निजगढमा भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ?

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए ।

सांसद सिंहले भने, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकी निजगढ एयरपोर्ट यता दुइटा इन्टरनेसनल एयरपोर्ट काम गर्न सकिरहेका छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता के? खाली फाष्ट ट्र्याक जोड्नका लागि एयरपोर्ट चाहिन्छ? त्यो आवश्यक छैन। के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेसमा भैंसी धेरै पाउँछ।’

सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनि सरकारलाई प्रश्न समेत गरे । उनले फास्टट्रयाक जोड्नका लागि मात्रै एयरपोर्ट निर्माण आवश्यक नभएको बताए।

योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्कालीन,मध्यमकालीन र दिर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै योजना बैंक निर्माण गर्न आग्रह गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077