Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आज राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो ।

अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले, चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए ।

‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077