Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारमा झिनो सुधार, साढे तीन अर्बको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । नेप्से ४.७५ अंकले बढ्दा नेप्से इन्डेक्स २०५५.५३ विन्दुमा पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकमपनि केहि खुम्चिएको छ । कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

२७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077