Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्राध्यापक चलाउनेले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ सकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको रिटमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।

सरकारले आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

चलाउनेले दायर गरेको रिटमा अधिवक्ताद्वय राधिका खतिवडा र भद्रप्रसाद नेपालले बहस गरेका छन् । अधिवक्ता सुरज बस्नेत,सुनिता राउत बस्नेत, स्वागत नेपाल, भरत खड्का लगायतले चलाउनेको पक्षमा रिट दायर गरेका थिए। सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश भएमा अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाइनेछ ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो ।

गत जेठ ३० गतेको मन्त्रिपरिषदको बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077