Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत योङ मेनबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनबीच भेटवार्ता भएको छ ।

सभामुख घिमिरे र राजदूत मेनबीच बिहीबार सभामुखको कार्यकक्ष सिंहदरवारमा शिष्टाचार भेट भएको हो ।

सो भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको बताईएको छ । भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरुको स्मरण गरेका थिए ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे ।

त्यस्तै, राजदूत मेनले आफ्नो देशको संसदले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरु निर्माण गर्दै गएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077