Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी स्थापना दिवसमा सभापति रवि लामिछानेले मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माफी मागेका छन् ।

पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा बालाजुमा सरेको नयाँ कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षमा भएका कमीकमजोरीप्रति क्षमायाचना गरेका हुन् ।

सभापति लामिछानेले भने, ‘आज क्षमा माग्ने, धन्यवाद पनि दिने । जानेर वा नजानेर भएका गल्ती कमीकमजोरीको क्षमा गर्दिनुहोला । आज हेप्पी डे भनेका छौँ।'

लामिछानेले एकवर्षको यात्रालाई एकदमै सकारात्मक रुपमा हेरेको उल्लेख गर्दै एक वर्षभित्र महाधिवेशन गरेर औपचारिक रुपमा नेतृत्व र कार्यसमिति विस्तार गर्ने बताए ।

त्यस्तै, पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे। आजै मात्र पार्टीमा भित्रिएका बैंकर अनिलकेशरी शाहले पार्टीको प्रशिक्षण विभागको जिम्मेबारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077