Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ उचाइमा पुग्यो : मन्त्री किराँती

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ जसरी अघि बढिरहेको बताएका छन् ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाइमा पुगेको बताए ।

योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्दै उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको बताए । पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077