Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल भन्छन् - योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो ।”

हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

उनको सन्देशमा भनिएको छ, 'योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पु(याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।'

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077