Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रुटि सच्याएर प्रदेशको नाम राख्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत बजेट पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिए।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो ।

दलका प्रतिनिधिहरुसँग छलफल गरेपछि पुनः सुरु भएको संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077