Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं र पोखरापछि धरानमा पनि मेयर साम्पाङले रोके 'आदिपुरूष'को प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र आदिपुरुष प्रदर्शनमा रोक लगाउने निर्णय गरेका छन् ।

मेयर साम्पाङले सामाजिक संजालमा स्टाटस राख्दै धरानमा आदिपूरुषको प्रदर्शन नगर्न आग्रह गरेका हुन्।

मेयर साम्पाङले लेखेका छन्,'धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !'

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।

[insert page='227636' display='yopanipadhnuhos.php']

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए ।

[insert page='227535' display='yopanipadhnuhos.php']

आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले आजदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका छन् । रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077