Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'स्टन्टबाज' मन्त्री किरातीको कर्तुत बाहिरियो, रामेश्वरको सिम्रिकलाई गैरकानुनी रुपमा हेलिपोर्ट निर्माणको स्वीकृति

काठमाडौं । अनेक स्टन्टबाजी गरेर चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको असली रुप बाहिरिएको छ ।

पर्यटन मन्त्री किरातीले नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाको  सिम्रिक हेलिकोप्टरलाई गैर सैनिक हवाई उडान ऐन र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन विपरित हेलिपोर्ट निर्माणको स्वीकृति दिएर बद्मासी गरेका हुन् ।

गैर सैनिक हवाई उडान ऐन र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको धज्जी उडाउँदै सिम्रिकलाई हेलिपोर्ट निर्माणको स्वीकृति दिएसँगै मन्त्री किरातीको कर्तुत छलाछुल्ल भएको छ । गैर सैनिक हवाई उडान ऐनमा उल्लेख भएअनुसार कुनै पनि ठाउँमा विमानस्थल वा हेलिपोर्ट निर्माण गर्न दिँदा नेपाल सरकारको स्वीकृति आवश्यक पर्छ ।

तर किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न दिएका हुन् । यसअघि कुनै स्थानमा विमानस्थल वा हेलिपोर्ट निर्माण गर्न परे पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गथ्र्यो । त्यसपछि मन्त्रिपरिषद्माबाट अनुमति पाएपछि मात्रै हेलिपोर्ट निर्माण स्वीकृति दिने प्रचलन थियो ।

तर, यसपटक भने 'स्टन्टबाज'मन्त्री किरातीले गैरकानुनी रुपमा निजी जग्गामा निजी कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएका हुन् ।

उनले निश्चित स्वार्थ पूरा गर्ने उदेश्यले निजी जग्गामा हेलिपोर्ट निर्माण गर्न अनुमति दिएको स्रोत बताउँछ । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार कुनै पनि विमानस्थल निर्माण र मर्मतसम्भार लगायतको काम प्राधिकरणले गर्ने उल्लेख छ ।

तर, प्राधिकरण ऐनमा समेत निजी क्षेत्रलाई विमानस्थल बनाउन दिने कुरा कतै पनि उल्लेख छैन ।

यता नागरिक उड्डयन प्राधिकरणले जिम्मेवार निकायले सिम्रिकलाई हेलिपोर्ट निर्माणको स्वीकृति दिनुअघि हेलिप्याड, हेलिपोर्ट तथा विमानस्थलबीचमा रहेका भिन्नताहरु मनन गर्न आवश्यक रहेको बताउँदै आफ्नो धारणा पर्यटन मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

पर्यटन मन्त्री किरातीले सिम्रिक हेलिकोप्टरलाई गैर सैनिक हवाई उडान ऐन र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन विपरित हेलिपोर्ट निर्माणको स्वीकृति दिएको प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको खण्डमा मन्त्री किराती कारवाहीमा तानिने मन्त्रालयै एक उच्च अधिकारी दाबी गर्छन्।

पर्यटन मन्त्री किरातीले सिम्रिकलाई हेलिपोर्ट निर्माणको स्वीकृति दिने क्रममा रामेश्वरसँग ठुलो आर्थिक लाभ लिएको मन्त्रालय स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077