Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारका कारण भ्रष्टाचार मौलायो, सुशासन कायम गर्न प्रयास गर्नुपर्छ : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारले सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले यस्तो बताएका हुन् ।

उनले आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भएको बताएका छन् ।

उनले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाई भएको बताए ।

राइले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार मात्रै हो की भन्ने सोचको विकास भएको छ । त्यो होइन । भ्रष्टाचार नियन्त्रण सबैभन्दा पहिले सरकारले गर्नुपर्छ । सरकारले सुशासन कायम गर्न प्रयास गर्नुपर्छ । भ्रष्टाचार गर्नुपर्‍यो भने अन्तर्राष्ट्रिय सेमिनार बाहिरनै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077