Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी प्रभावितको खोज, उद्धार र राहतमा जुट्न एमालेको माग

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) ले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न माग गरेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जारी विज्ञप्तिमा पीडितलाई राहत दिन र घाइतेको उपचार गर्न माग गरेको हो ।

प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।

त्यस्तै सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बाढीपहिरो र डुबानमा परि केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै कैयौँ व्यक्तिहरु घाइते भएका छन् भने कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077