Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पाँचथरमा बाढीको वितण्डा : ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल पनि बगायो

    पाँचथरमा बाढीको वितण्डा : ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल पनि बगायो

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.1K
    SHARES

    पाँचथर । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।



    त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको पाँचथर प्रहरीले जनाएको छ । बेपत्ताहरूको नाम खुल्न बाँकी छ ।



    बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार