Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको विचार भनेकै भ्रष्टाचारीहरूलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताए ।

आफ्नो पार्टी पंक्ति अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको उनको भनाई छ ।

उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077