Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति देउवा फर्केपछि मात्रै कांग्रेसले खाँणबारे निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय कांग्रेसले तत्काल नगर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेका कारण पार्टीले तत्काल खाँणबारे निर्णय नगर्नै भएको हो ।

पार्टीबाट खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति देउवा फर्केपछि मात्रै गर्ने कांग्रेस स्रोतले बतायो । सभापति देउवा असार ७ गते मात्रै सिंगापुरबाट फर्किने कार्यक्रम रहेको छ ।

२७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापति देउवाले खाँण पक्राउ परेकै दिन वैशाख २७ मा पदाधिकारीसँग परामर्श गरेका थिए ।

खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक डाकेका थिए ।

उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए । खाँण थुनामा पुगेपछि समेत पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077