Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन्।

शनिबार बिहान भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महिन्द्र राय यादवसहित प्रधानमन्त्री प्रचण्ड मेलम्ची पुगेका हुन्।

मेलम्चीमा उनलाई स्थानीय जनप्रतिनिधिहरूले स्वागत गरे। प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजनाको अवलोकन र निरीक्षण गर्नेछन्।

दुई वर्षअघि आजकै दिन ठूला बाढी आएको थियो। बाढीका कारण दर्जनौं घरहरू बगाएका थिए। बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको थियो।

प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पुर्‍याएका घरहरूको पुनः निर्माणबारे पनि अवलोकन र निरीक्षण गर्नेछन्।

विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो।

मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077