Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना भएका छन् ।

मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शुक्रबार राति २ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

यसअघि मुटुमा समस्या देखिएर मंगलबार बिहान राष्ट्रपतिलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो ।

स्वास्थ्य परीक्षण सकिएपछि मंगलबार भर्ना भएका ७८ वर्षीय पौडेल बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।

गएको वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077