Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

अब राजनीतिक दलहरूको अग्नि परीक्षा सुरु भयो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक दलहरूमा नयाँ अग्नि परीक्षा सुरु भएको बताएका छन् ।

चीनबाट उपचार गरेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले जनताको अग्नि परीक्षा भन्दा बाहिर कोही नभएको टिप्पणी गरे ।

उपमहासचिव पुनले भने, ‘राजनीतिक दलहरूमा नयाँ अग्नि परीक्षा सुरु भएको छ । जनताका जुन नयाँ अपेक्षा छन् । त्यसलाई पुरा गर्न कोसिस गर्नुपर्नेछ । विगत ३ वर्षको कोरोना महामारीले अर्थतन्त्र सङ्कट मात्रै हैन सिङ्गो मानव जीवन सङ्कटमा छ । यस्तो बेला सरकार र पार्टीले विशेष प्रयत्न गर्नै पर्छ ।’

आलोचनात्मक समाजलाई रचनात्मक बनाउने दायित्व सबैको भएको पुनले बताए । सामाजिक सञ्जालमा नेताको आलोचना हुँदा सबैलाई इरिटेड बनाउने गरेको उनले बताए ।

राजनीतिक सचेतनाविना आर्थिक विकास, सामाजिक विकास र सुशासन सम्भव नहुने पुनले बताए । उनले नेताहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएकाले सकारात्मक जवाफ दिनुपर्ने बताए । कामले नै प्रश्नहरूको जवाफ दिनेगरी लाग्नुपर्ने पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077