Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२८ जना शाखा अधिकृतको सरुवा

काठमाडौं । गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरुवा भएका कर्मचारीलाई उपत्यका बाहिरका २३ जिल्लामा पठाइएको हो ।

सरुवा भएकामध्ये २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत छन् भने ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका छन् ।

सामान्यबाट सरुवा भएका ५ जनालाई पनि उपत्यका बाहिर खटाइएको हो ।

सरुवा भएका कर्मचारीलाई रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077