Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन बेटिङको आरोपमा पक्राउ परेका कलाकारलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

वानएक्स बेटमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।

यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077