Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारमा झिनो अंकले वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज नेप्से ५ अंकले बढेर२०४२.०७ विन्दुमा बन्द भएको छ ।

बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ ।

बुधबार पाँच अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज घटेर तीन अर्ब १६ करोडमा झरेको छ । एक दिनमै सेयर कारोबार रकम एक अर्ब ८५ करोड रुपैयाँले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज कारोबार भएका ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटाको शेयरमूलय स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077